महोत्तरीमा चुनावको तयारी पूरा

0

महोत्तरी, मंसिर १९ – दोस्रो चरणअन्र्तगतको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि महोत्तरीमा चुनावको तयारी पूरा भएको छ । सबै मतदानस्थल र मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था परिचालन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले केन्द्रीय सुरक्षा रणनीति अनुसार जिल्लामा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको जनाउनुभएको छ । महोत्तरीको विकासको लागि हुने चुनाव भय रहित वातावरणमा सम्पन्न हुने बताउँदै श्रेष्ठले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

चुनावको बेला महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले कसैलाई अप्ठयारो महसुस भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नको लागि आग्रह गर्नुभयो । सुरक्षाको लागि महोत्तरीमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ तथा म्यादी प्रहरी तयारी अवस्थामा रहेको र उनीहरुको गस्ती चौबिसै घण्टा भइरहेको कडायतले जानकारी दिनुभयो ।

Share.

Leave A Reply