महाअभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह. नेकपा एमालेले

0

बैशाख २१ गते जनकपुधाम

नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको हो । तर प्रधानमन्त्रीले आफू एक्लैले प्रस्ताव फिर्ता लिन नसक्ने जवाफ दिनुभएको छ ।

प्रधानमन्त्रीले ओलीलाई चुनावपछि संविधान संशोधन र महाभियोग प्रस्ताव पारितका लागि सहयोग गर्न आग्रह गरे पनि ओलीले अस्वीकार गर्नुभएको छ । दुई शीर्ष नेताबीच दोश्रो चरणको चुनाव र बजेटका विषयमा साझा धारणा बनाएर अघि बढ्ने समझदारी बनेको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने बताएका छन् ।

फिर्ता नलिए संसदमा तत्काल पेश गर्न आग्रह गरे । कार्कीको कार्यकाल एक महिना केही दिन मात्र बाँकी रहँदा महाअभियोग आएको भन्दै एमाले नेताहरुले यसलाई लामो समय संसदमै अड्काएर राख्न नहुने बताए । स्रोतले भन्यो, ‘एमालेले तत्काल निर्णय गर्नुपर्छ । छलफल र समितिमा पठाएर अड्काइ राख्न मिल्दैन भनेको छ ।’

रररररररररररररररररररररररररररर

Share.

Leave A Reply