मधेस गएर निधिले भने– मधेशी जनताको मुख्य शत्रु एमाले

0

 
काठमाडौं, वैशाख २२–

नेपाली काँग्रेसका नेता एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेसी जनाताको मुख्य शत्रु भएले भएको बताएका छन् । गृहमन्त्रीबाट दिएको राजिनामा फिर्ता लिएको भोलिपल्ट मधेस पुगेर मन्त्री निधिले मधेसी जनताको मुख्य शत्रु एमाले भएको आरोप लगाएका हुन् । एमालेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको पनि उनले आरोप लगाए ।

शुक्रबार महाबीर युवा कमिटीले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई अधिकारबाट बञ्चित गराउन एमाले क्रियाशील भईरहेको जिकीर समेत गरे । उपप्रधानमन्त्री निधिले एमालेलाई राजतन्त्र भन्दा पनि अधिनायकवादी पार्टीको रुपमा समेत चित्रण गरे । उपप्रधानमन्त्री निधिले संविधान कार्यान्वयन गरी संघीयतालाई संस्थागत गर्न सरकार लागि परेको दावी समेत गरे । उनले मधेशी जनताको अधिकार संविधानमा सुनिश्चित गराउन सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको पनि बताए ।

उपप्रधानमन्त्री निधिले सङ्घीयताको संरचनाका बारेमा बहसको थालनी गर्नु पनि जरूरी भएको बताए । प्रादेशिक संरचना अन्तर्गत प्रदेश नम्बर–२ को आशाको केन्द्र जनकपुरधाम भएकाले जनकपुरको पूर्वाधारलाई सुरक्षित राख्नु आवश्यक भएको चर्चा गर्दे उनले जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने सन्दर्भमा यहाँका जनतामा संवेदनशीलता, संयम, धैर्य, शिष्टाचार र एक अर्कालाई सम्मान गर्ने व्यवहारको खाँचों औँल्याए ।

उपप्रधानमन्त्री निधिले माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न नभएमा राष्ट्रमा जटिल राजनीतिक सङकट आउनसक्ने भएकाले संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरी आमूलपरिवर्तनको मार्गतिर सबै उन्मुख हुनुपर्ने बताए ।

Share.

Leave A Reply