मधेशवादी दलहरुको चपुवामा पर्दै , चुनावमा भाग लिन चौतर्फी दवाव बढदै

0

जेष्ठ २ गते । जनकपुरधाम
दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिदै जाँदा त्यसमा भाग लिनका लागि मधेशवादी दलमाथि दबाब पर्न थालेको छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिएका मधेशवादी दललाई चुनावमा भाग लिनका लागि चौतर्फी दबाब पर्न थालेपछि आफूहरु चेपुवामा परेको सो दलका नेताहरु सुनाउँछन् ।
मधेशी जनताबाट पनि चुनावमा भाग लिनुपर्ने दबाब आइरहेको छ भने सत्तापक्षबाट त चुनावमा भाग लिनै पर्ने दवाव छ, त्यसमा पनि अहिले नेपालस्थित भारतीय दूतावासले पनि चुनावमा जान भनिसकेको छ । नेपालस्थित भारतीय दूतावासले वैशाख २९ गते साँझ राष्ट्रिय जनता पार्टीका नेताहरुलाई इण्डियन हाउसमा बोलाएर चुनावमा भाग लिन दबाब दिएको छ । भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रचण्ड नेतृत्वको सरकारले सम्पूर्ण माग पूरा गर्ने भन्दै दोस्रो चरणको चुनावमा भाग लिनुस् भन्दै नेताहरुलाई दबाब दिएको स्रोतले जनाएको छ ।
यसअघि प्रदेशको सीमांकन लगायत मधेसी दलको माग सम्बोधन नभएसम्म चुनावको पक्षमा नरहेको भारतले अहिले भारतीय दूतावासमार्फत चुनावका लागि ‘दबाब’ दिएपछि मधेशी नेताहरु पनि अच्चममा परेका छन् । पहिलो चरणको चुनावको घोषणा नहुन्जेलसम्म भारत चुनावको पक्षमा थिएन । भारतीय पक्षले पटक–पटक नेपाल सरकारका प्रतिनिधिलाई भेटेर वा सम्पर्क गरेर मधेशीहरुको माग सम्बोधन गरेर मात्र चुनावमा जान दबाब दिएका थिए । जसले गर्दा सरकारले हतारमा संशोधन प्रस्तावसमेत दर्ता गराएको थियो । मागहरु पूरा हुँदै गर्छ, तर दोस्रो चरणको चुनावलाई तपाईहरुले छाड्नु हुन्न,’ भनी दवाव दिँदै राजदूत पुरीले आफूहरुलाई भनेको कुरा सुनाउँदै राजपाका नेताले रातोपाटीलाई भने ।
तर पछिल्लो समय भारत पनि स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै सहयोगका हात बढाएको छ । स्थानीय तहको चुनावका लागि भारत शुरुदेखि सकारात्मक थिएन । जब चीनले सहयोगको घोषणा गर्यो अनि भारतले पनि स्थानीय तहको चुनावलाई चासोको रुपमा लिएर चुनावको वतावरण बनाउनतिर लागेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
‘मागहरु पूरा हुँदै गर्छ, तर दोस्रो चरणको चुनावलाई तपाईहरुले छाड्नु हुन्न,’ भनी दवाव दिँदै राजदूत पुरीले आफूहरुलाई भनेको कुरा सुनाउँदै राजपाका नेताले रातोपाटीलाई भने । ‘यस विषयमा तपाईहरुसँग छलफल गर्नका लागि प्रधानमन्त्री प्रचण्डले बोलाउनु हुन्छ,’ राजदूत पुरीको भनाईलाई उद्धृत गर्दै राजपाका नेताले भने, ‘मन्त्रीपरिषद्बाट पूरा हुने काम सरकारले गर्न तयार छ भने चुनावमा जान तपाईंहरुलाई के आपत्ति भनि पुरीले भन्नुभएको थियो ।
पुरीसँग राजपा अध्यक्ष मण्डलमा रहेका राजेन्द्र महतो, महन्थ ठाकुर, राजकिशोर यादव र अनिल झाले भेटेका थिए । तर, यो भेटलाई गोप्य राखिएको थियो । यो भेटको बारेमा राजपाका दोस्रो तहका नेताहरुलाई पनि थाहा दिइएको थिएन ।
तर, यस विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग सम्पर्क गर्दा उनले राजदूत पुरीसँग भेटेको कुरा अस्वीकार गरे । ‘मलाई त्यस्तो भेटबारे केही जानकारी छैन’ भन्दै फोन काटे ।
राजदूतसँगको भेटमा राजपाका नेताहरुले सविधान संशोधन नगरिकन चुनावमा गए भने आफूहरुको राजनीति नै समाप्त हुने कुरा राखेको स्रोत बताउँछ ।
संविधान संशोधन नगरिकन चुनावमा जान दवाव नदिन नेताहरुले राजदूत सिंहलाई आग्रह गरेका थिए । चुनावमा जान आफूहरुलाई पनि इच्छा रहेको तर माग नै पुरा नगरी चुनावमा भाग लिन नमिल्ने उनीहरुले सुनाएका थिए । राजपाका नेताहरुले आफूहरुलाई चुनावमा जान दबाब दिनुभन्दा सरकारमाथि संविधान संशोधन गराउन दबाब बढाउन सहयोग गर्न आग्रह गरेको राजपा स्रोतले जनाएको छ ।

Share.

Leave A Reply