मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता

0

काठमाडौं, पुस ३० –मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत पुरुष फुटबलका खेल दाङमा गर्न लागिएको हो ।

६ गतेसम्म चल्ने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ वटा विभागीय टिम गरी ८ टोलीको सहभागिता रहने छ । नकआउट प्रणालीमा हुने खेलहरु दाङको तुलसीपुर र घोराहीमा हुने छन् । यो प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्ने छ ।

Share.

Leave A Reply