भोजपुरमा बन्द भएको प्रसुति सेवा सुरु

0

भोजपुर, फागुन २२ – भोजपुरमा लामो समयदेखि बन्द अवस्थामा रहेको प्रसुति सेवा सोमबारबाट सञ्चालनमा आएको छ । जिल्ला अस्पताल भोजपुरले शल्यक्रियाबाट हुने प्रसुति सेवा सञ्चालनमा ल्याएको हो ।

सोमबार एकजनाको सफल शल्यक्रिया गरी बच्चा जन्माईएको जिल्ला अस्पताल भोजपुरका प्रमुख कृष्ण मिझारले बताउनुभयो ।शल्याक्रियामा डाक्टर पुजन बिकको नेतृत्वमा रहेको चिकित्सकको टोलीले भोजपुर नगरपालिका–७, बस्ने १८ वर्षीय चन्द्रकला तामाङ्गको सफल शल्यक्रिया गरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख मिझारले बताउनुभयो ।

डाक्टर पुजनले तीन महिने एड्भान्स ‘एसबीए’ तालिम लिएर आएलगत्तै शल्यक्रिया गर्न सफल भएका हुन् । जिल्लामा शल्यक्रिया सेवा सञ्चालनमा आएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । जिल्लामा प्रसुति गराउन आउनेमध्ये ५ देखि १० प्रतिशतसम्मको शल्यक्रियाबाट प्रसुति गराउनु पर्ने अवस्था रहने अस्पतालका निमित्त कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

पटक–पटक बन्द हुँदै आएको यो सेवा २ वर्षपछि सञ्चालनमा आएको हो । अब भने यो सेवा निरन्तर रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply