भूतको डरले ब्राजिलका राष्ट्रपतिले छोडे सरकारी निवास !

0

ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ब्यूटी क्वीन पत्नी ३३ वर्षीया मार्सेला सरकारी निवासबाट सरेका छन् ।र, कारण अनौठो छ ।खराब आत्मा र भुतप्रेतको हवाला दिँदै उनीहरुले ब्राजिल्लामा अवस्थित सरकारी निवास अल्भोरादा प्यालेस छाडेका हुन् ।राष्ट्रपति टिमरले यो आलिसान भवन आफैंमा डरलाग्दो रहेको दावी गरे । ‘मैले यहाँ केही अनौठो महसुस गरेको छ । पहिलो रातदेखि नै म यहाँ राम्रोसँग निदाउन सकिन । यहाँ सकारात्मक उर्जा छैन ।’पत्नी मार्सेलाले पनि उस्तै अनुभव गरेको टिमरले बताए । ७ वषर्ीय छोरो मिचेल्जिन्होलाई मात्र घर मन परेको उनको भनाइ थियो ।‘हामी सोच्न थाल्यौं, के यहाँ भुत हुन सक्छ ?’ ब्राजिलको समाचारपत्र भेजालाई दिएको अन्तरवार्तामा उने भने ।

आर्किटेक्ट ओस्कार निमेयरले डिजाइन गरेको अल्भोरादा प्यालेसमा एउटा स्वीमिङ पुल, फुटबल मैदान, गिर्जाघर, स्वास्थ्य केन्द्र र खुला चौर छन् ।अर्को अखबार ग्लोबोका अनुसार मार्सेलाले दरबारभित्र रहेका खराब आत्माहरुलाई लखेट्नका लागि एक पुजारीलाई खटाएकी थिइन् तर, त्यसबाट समस्या समाधान भएन ।राष्ट्रपति निवास छाडेर टिमर दम्पत्ति नजिकै रहेको अलिक सानो तर, सुविधासम्पन्न जाबुरु प्यालेसमा सरेका छन् । गत वर्ष उपराष्ट्रपति पदमा बहाल रहँदा यो उनको निवास थियो ।तत्कालिन राष्ट्रपति डिल्मा रोउसेफमाथि बजेट एकाउन्टिङ कानून तोडेको आरोपमा महाअभियोग लगाइएपछि टिमर राष्ट्रपति बनेका थिए । अहिले उपराष्ट्रपति पदमा कोही पनि नरहेकाले सो निवास खाली थियो ।

Share.

Leave A Reply