भूकम्पले क्षतिग्रस्त तीन लघु जलविद्युत आयोजना मर्मत

0

खोटाङ, पुस २७ – भूकम्पले क्षतिग्रस्त बनेका खोटाङका तीन लघु जलविद्युत आयोजना मर्मत गरिएका छन् ।

२०७२ सालको भूकम्पले क्षति पुगेका पाथेकाको ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत आयोजना, फेदीको ३० किलोवाट क्षमताको स्वारातापखोला लघु जलविद्युत आयोजना र बाकाचोलको ७० किलोवाट क्षमताको सिन्धुरेढुंगा लघु जलविद्युत आयोजना मर्मत गरिएको हो । आर्थिक वर्ष २०७४/७५ को साउनदेखि पुससम्मको अवधिमा क्षतिग्रस्त तीन लघु जलविद्युत आयोजना मर्मत गरिएको जिल्ला समन्वय समिति वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।

नाखाम खोला लघु जलविद्युत आयोजना ८ लाख ५० हजारको खर्चमा स्वाराताप, खोला लघु जलविद्युत आयोजना ८ लाखको खर्चमा र सिन्धुरे ढुंगा लघु जलविद्युत आयोजना १२ लाखको खर्चमा मर्मत गरिएको जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङले बताउनुभयो ।

यस्तै, जालपाको १९ किलोवाटको लुम्जु खोला लघु जलविद्युत आयोजना मर्मतको चरणमा रहेको छ । लुम्जु खोला लघु जलविद्युत आयोजना मर्मतका लागि ८ लाख १० हजार बजेट विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

Share.

Leave A Reply