भारतीय कप्तान विराट कोहलीको दोहोरो शतक

0

काठमाडौं, मंसिर १७ – भारतीय क्रिकेट कप्तान विराट कोहलीले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा दोहोरो शतक पूरा गरेका छन् । यो वर्ष तेश्रो चोटी दोहोरो शतक बनाएका उनको समग्रमा यो छैटौं दोहोरो शतक हो ।

दिल्लीमा श्रीलंकासँगको खेलमा उनले २ सय ३८ बलमा दोहोरो शतक पूरा गरेका हुन् । २९ वर्षे कोहलीले श्रीलंकासँगको यो टेष्टको पहिलो दिन ५ हजार रन पूरा गरेका थिए ।

उनको अहिलेसम्मको उच्च स्कोर २ सय ३५ हो । सन् २०११ मा वेष्ट इण्डिजसँगको टेष्टमा डेब्यु गरेका उनले योसहित भारतका लागि ६४ टेष्ट खेलेका छन् । उनले २० शतक र १४ अर्धशतक पूरा गरेका छन् ।

Share.

Leave A Reply