भारतविरुद्धको वान डे खेलमा इमरान ताहिरलाई दर्शकले गरे गाली, तत्काल सेक्युरिटी बोलाइयाे

0

फागुन १ – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरलाई भारतविरुद्ध जोहानसबर्गमा भएको चौथो एक दिवसीय खेलमा एक जना दर्शकले गाली गरेका छन् । साथै ती दर्शकले ताहिरप्रति रंगभेदी टिप्पणी गरेका छन् ।

क्रिकेट साउथ अफ्रिका अर्थात सीएसएले सोमबार विज्ञप्ति जारी गर्दै वान्डरर्स स्टेडियममा भएको त्यस घटनाको छानविन भैरहेको जनाएको छ । ३८ वर्षीय ताहिरले यस घटनाका बारेका रंगशालाका अधिकारीसँग गुनासो राखेका थिए । पछि ती दर्शकको पहिचानका लागि सुरक्षा अधिकारीले इमरानलाई लिएर आएका थिए ।

यस विषयमा इमरानले ट्वीट गरेका छन्, ‘समर्थनका लागि सबैलाई धन्यवाद, म एक सामान्य व्यक्ति हुँ । म सबैलाई प्रेम गर्नुपर्छ भन्नेमा विश्वास मान्दछु । चाहे जुनसुकै देश होस, रंग होस वा धर्म होस्। मैले क्रिकेट खेलेरै विश्वभरबाट साथी कमाएको छु ।’

अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले रंगभेद विरोधी कानुन अनुसार नस्लीय टिप्पणी गर्ने दर्शकलाई स्टेडियमबाट निकाल्न सकिनेछ, त्यस्तै उनीहरु विरुद्ध अपराधिक मुद्धा पनि चलाइन सक्नेछ ।

पाकिस्तानमा जन्मिएका ताहिरले २० टेस्ट, ८४ वान डे इन्टरनेसनल तथा ३६ टी–ट्वेन्टी अन्राष्ट्रिय खेल खेलेका छन् । दक्षिण अफ्रिकाको टिम म्यानेजरका अनुसार ती दर्शकले लगातार ताहिरलाई अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए । ताहिर प्लेइङ ११ मा सामेल थिएनन्   । ड्रिङ्क्सका लागि आउने–जाने क्रममा ती दर्शकले ताहिरलाई गाली गरेका थिए । त्यसपछि ताहिरले मैदानमा भएका सेक्युरिटीलाई गुनासो गरेका थिए ।

ताहिरप्रति रंगभेदी टिप्पणी गरिएको यो पहिलो पटक होइन, यसभन्दा पहिले सन् २०१५मा अष्ट्रेलियामा खेल भैरहेको समयमा उनलाई दर्शकले रंगभेदी टिप्पणी गरेका थिए ।

६ खेलको वान डे श्रृङ्खलामा भारत ३–१ ले अगाडि आएको छ । श्रृङ्खलाको पाँचौ खेल केही बेरमा सुरु हुँदैछ । भर्खरै दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

Share.

Leave A Reply