भारतले किनेन नेपालको अदुवा

0

काठमाडौं, माघ ९ – नेपाली अदुवा भारत निकासी हुन छाडेपछि गोदाम र किसानको बारीमै थन्किएका छन् । भारतीय पक्षले नेपाली अदुवा निकासीमा दुईहप्तादेखि अवरोध गरेपछि विभिन्न जिल्लाका गाउँ–गाउँबाट संकलन भएको अदुवा अटेसम्म गोदाममा र नअटेको सडक पेटीमै थन्किएका हुन् ।

अहिलेसम्म काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ ।नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भन्दै भारतीय पक्षले पूर्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखेको छ ।

दुई हप्तासम्म अदुवा गाडीमै राखेकाले गाडी भाडाबाट समेत थप नोक्सानी व्यहोर्नु परेको व्यापारीले बताएका छन् । व्यापारीहरुले कूटनीतिक पहल गरेर लोड भएको अदुवा निकासीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

Share.

Leave A Reply