भारतमा पहिरोमा परेर तीन नेपालीको मृत्यु, दुई घाइते

0

असार २२ – भारतमा पहिरोमा परी बिहीबार तीनजना नेपालीको ज्यान गएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको ज्यान गएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । ज्यान जानेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत न्यान गएको छ । घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।

Share.

Leave A Reply