भन्सार छलेर ल्याएका लाखौँको कपडा बरामद

0

काठमाडौं, फागुन २७ – काठमाडौं प्रहरीले भन्सार छलेर ल्याएका ११ लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका बालाजुमा विन्दा सुवेदीको घरमा कपडा लुकाएर राखेको सूचनाका आधारमा छापा मार्दा  भन्सार छलेर ल्याएका ११ लाख १८ हजार मूल्य बराबरका कपडा बरामद गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बरामद कपडा राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको पनि प्रहरीले जनाएको छ । बरामद गरिएको कपडामा कुर्ता, सुरुवाल, स्वीटर, ज्याकेट, झुललगायत रहेका छन् ।

Share.

Leave A Reply