भक्तपुरस्थित ख्वप कलेजमा ११ कक्षाको परीक्षा अनलाइनबाट शुरु

0

रेडियो जनकपुर, ८ साउन । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालय देक्वचा (ख्वप कलेज)ले कक्षा ११ मा अध्ययरत विद्यार्थीहरुको आन्तरिक परीक्षा अनलाईनबाट शुरु गरेको छ ।

लामो समयसम्मको लकडाउन र कोरोना भाइरसको जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले अन्तरिक मूल्यांकनको आधारमा कक्षा ११ का विद्यार्थीहरुको परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।

परीक्षाको लागि परीक्षार्थीहरुले आफ्नो अनुहार र लेख्ने कापी देख्ने गरी क्यामेरा मिलाउनु पर्छ र कलेजमा बसेर कम्प्युटरबाट टिचरहरुले हेरिरहेको हुन्छ । परीक्षार्र्थी र टिचरहरुको अनलाईन कुराकानी पनि भइरहेको हुन्छ ।

प्रश्न पत्र पनि सम्वन्धित बिद्यार्थीहरुलाई जिमेल अथवा फेसबुक लिङ्कबाटै पठाई परीक्षा शुरु गर्ने गरेको उहाँले बताउनु भयो ।

विज्ञान, मानविकी र व्यवस्थापन संकायमा अध्ययरत करिव १६ सय विद्यार्थीको परीक्षा अनलाईनबाट लिएको हो । यसरी परीक्षा लिएका उत्तर पुस्तिका शिक्षकले अनलाईनवाट नै जाँच गरी नम्वर दिने व्यवस्था गरेको जानकारी दिएका छन ।

परीक्षा लिन विद्यालयले १० वटा कम्युटरमा जुम भिडियो सफट्वेर मार्फत अनलाईन परीक्षा लिएको छ । अनलाइन परीक्षा लिन एउटा कम्प्युटरमा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको हुन्छ । परीक्षा एक घण्टा समयको लिइएको थियो ।

राष्ट्रिय परीक्षा बार्डले कक्षा ११ को परीक्षा नलिने तर कक्षा १२ को परीक्षा असोज मा लिने निर्णय गरेको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक मुल्याङ्कनको आधारमा मात्र १२ भर्ना हुन पाउने व्यवस्था परीक्षा बोर्डको थियो ।

Share.

Leave A Reply