बिग्रियो सलमान र कबिरको सम्बन्ध

0

माघ १८ –बलीउड नायक सलमान खान र निर्देशक कबिर खानबीचको सम्बन्ध बिग्रिएको छ । लामो समय एक अर्कासँग काम गरिसकेका यी दुई खानबीच चलचित्र ‘ट्यूवलाइट’बक्स अफिसमा फ्लप भएसँगै यिनीहरुको सम्बन्धमा खटपट आएको हो ।

दुवैले मिलेर ‘टाइगर जिन्दा हे’, ‘बजरंगी भाइजान’ र ‘ट्यूवलाइट’ जस्ता चलचित्र बनाइसकेका छन् । दुवैले एकअर्कासँग बोल्न छोडेको लामो समय भइसकेको छ ।

सलमान र कबिरबीच फिल्म ‘ट्यूवलाइट’ र यसमा भएको पात्रको बारेमा धेरै बहस भएको थियो । सुटिङका क्रममा पनि दुवैबीच धेरैकुरालाई लिएर मतभेद हुने गरेको थियो । चलचित्रको सुटिङका दौरान दुवैबीचको गर्मागर्मीका कारण चलचित्र यूनिट पनि हैरान भएका थिए । सलमानको सुझावलाई कबिरले नमान्दा दुवैबीच टकराव हुने गरेको छ ।

भर्खरै मात्र सञ्चार माध्यममा यी दुवैको सम्बन्ध बिग्रिएको खबर आयो कबिर खानले हाँसेर यस कुरालाई टारी दिएका थिए । जब ‘एक था टाइगर’ को सिक्वेलमा निर्देशनका लागि अलिअब्बास जफरलाई साइन गरियो तब कबिरले थाहा पाए की सलमानबीचको सम्बन्ध अब पहिले जस्तो रहेन ।

अलिले सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ जस्ता सुपरहिट फिल्म पनि दिइसकेका छन् । अलि र सलमानले सँगै काम गरेको चलचित्र ‘भारत’ पनि पदर्शनको तयारीमा छ ।

उता कबिर खानले आफ्नो चलचित्रका लागि सलमानलाई आग्रह गरेका थिए तर सलमानले उनको कुरामा रुचि नै देखाएनन् । सलमान खान अलिअब्बास जफरसँगको काममा व्यस्त छन् भने कबिर रणबीर सिंहका साथ क्रिकेटमा आधारित फिल्म बनाइरहेका छन् ।

Share.

Leave A Reply