बाहुबली-२’ पछि हजार करोड कमाइ गर्ने फिल्म बन्यो ‘दंगल’

0

२०७४ वैशाख ३१ गते

‘बाहुबली-२’ पछि आमिर खान अभिनित चलचित्र ‘दंगल’ हजार करोड कमाउने चलचित्रमा सुचीकृत भएको छ । भारत लगायत विश्वभरबाट ७८० करोड कमाई गरेको ‘दंगल’ले चीनबाट मात्रै २२१ करोड कमाई गरेको छ ।

नितेश तिवारीको निर्देशन रहेको उक्त चलचित्रले चीनमा रिलिज भएको पहिलो दिनमै निकै राम्रो कमाइ गरेको थियो । चिनिया सामाजिक सञ्जालमा ‘दंगल’ धेरै दिनसम्म चर्चाको विषय बन्यो । केही चिनियाहरुले भारतीय चलचित्र राम्रो बनेकोमा खुसी ब्यक्त गरेका छन् ।

चिनिया निर्देशक फेंग शियागांगले पनि चलचित्र हेेर्दै हिन्दी चलचित्रको तारिफ गरे । चिंगहुआ युनिभर्सिटीका प्रोफेसर यीन हाङ फिल्म समिक्षक हुन् । उनले ‘दंगल’का अगाडि चिनियाँ फिल्म सामान्य लागेको प्रतिक्रिया दिए ।

गएको अपि्रलमा आमिर र निर्देशक नितिश दंगलको पि्रमियरका लागि बेइजिङ गएका थिए । बेइजिङ इन्टरनेशन चलचित्रमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो । त्यसो त आमिरकै थ्री इडियट्ले पनि चिनिया दर्शकलाई प्रभाव पारेको थियो ।

Share.

Leave A Reply