बालिका बलात्कार आरोपित गिरफतार

0

रेडियो जनकपुर, साउन १३ गते ।
१८ वर्षीया युवतीलाई साउन १२ गते राति बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नपा–३ मंगलपुर बस्ने २८ वर्षीय कलाम राइनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गिरफतार गरेको छ ।


राति १० बजे शौच गर्न घरबाट निस्केपछि आफुलाई डर धाक धम्की दिएर मंगलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन् ।

घरबाट हराइ रहेकी बालिकालाई खोजी गर्ने क्रममा राति २ बजे स्थानियबासिन्दाहरुले खुल्ला चउरमा बालिकालाई घर पुप्याउन आउँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।

स्थानिय बासिन्दाहरुले केटालाई समातेर साउन १३ गते विहान इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु नायकले बताउनुभयो ।


बलात्कृत युवती र बलात्कार आरोपित दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा साउन १३ गते नै स्वास्थ्य परिक्षण गरिएको छ ।

Share.

Leave A Reply