बारामा किसान दम्पतीको हत्या

0

बारा, मंसिर १६ – बारामा शुक्रबार राति किसान दम्पतीको हत्या भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–३ का किसान दम्पती ३६ वर्षका दीपक सुवेदी र उहाँकी श्रीमती ३२ वर्षकी दीपिका सुवेदीको हत्या भएको हो ।

सुवेदी गाई फर्म संचालन गर्दै आएका सुवेदी दम्पतीको रहस्यमय हत्या भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । दीपकको शव घर बाहिर परालले छोपिएको अवस्थामा र दीपिकाको शव घरमै फेला परेको हो । घटनास्थलबाट हथौडा, रड र बाँसको चिरपट फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र अपराध अनुसन्धान महाशाखाबाट टोली झिकाइएको प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली समेत परिचालन गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । घरमा सुवेदी दम्पती मात्र भएको बेला घटना भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply