बझाङ : काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी

0

असार १५ – बझाङको काँडा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र धामी र उपाध्यक्ष पदका उम्मेदवार कल्पना बोहोरा दुवैले ३९४ मत ल्याएर विजयी भएका हुन । अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी एमालेका मानबहादुर बोहराले ३८६ र उपाध्यक्षका उम्मेदवार डोल्मा तामाङले ३३६ मत प्राप्त गर्नुभयो । वडाध्यक्षमा वडा नम्बर १ मा एमालेका गोपालबहादुर बोहोरा, २ मा कांग्रेसका हरीलाल बोहोरा, ३ मा कांग्रेसका जंगगिरी बोहोरा, ४ मा जंगसिंह बोहोरा विजयी हुनुभयो । वडा नम्बर ५ मा एमालेका धनन्जय बोहोरा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Share.

Leave A Reply