फोरम र समता पार्टीविच एकतामा हजारौ गरे प्रवेश

0

जेठ १० गते ।
संघीय समाजवादी फोरम नेपालमा पार्टी एकीकरण र प्रवेशको लहरको क्रममा मंगलवार फेरी एउटा नयां पार्टीसंग एकीकरण र विभिन्न पार्टी परित्याग गरी हजारौको संख्यामा पार्टी प्रवेश गरेको छ ।
धनुषाको बघचौरा आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बेचन मुखिया नेतृत्वमा रहेको मधेश समता पार्टीबीच एकीकरण भएको छ । सो कार्यक्रम मार्फत कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक हजार भन्दा बढीको संख्यामा नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ ।
फोरम नेपालमा एकीकृत भएका मधेश समता पार्टीका अध्यक्ष मुखियाले पार्टी एकीकरण भएको औपचारिक घोषणा गर्दै आफ्ना पार्टीका माइनेट, लेटर पैड र छाप सहितका सम्पूर्ण सामाग्री फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेका छन् ।
स्मरणीय के छ भने गत संविधान सभाको निर्वाचनमा मधेश समता पार्टीले रिक्सा छापबाट धनुषा जिल्लामा मात्र ११ हजार मत समानुपतिक तर्फ ल्याएका थिए । देशभरका मतको आधारमा पार्टीका मेघराज निषाद सभासद समेत बनेका थिए ।
पार्टी एकीकरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै मधेश समता पार्टीका अध्यक्ष मुखियाले भने आजदेखि मधेश समता पार्टी आजदेखि एकीकरण भएको औपचारिक रुपमा घोषणा गर्दछु र आजकै मितिदेखि मधेश समता पार्टीमा रहेका सम्पूर्ण पदाधिकरी, केन्द्रिय सदस्य र सिंगो पार्टी पंक्ति र संघीय समाजवादी फोरम नेपाल एक ढिक्का भएका छन् । आगामी निर्वाचन र अधिकारका सम्पूर्ण आन्दोलन सहितको संघर्षमा फोरम नेपालसंगै एकताबद्ध रुपमा अघि बढनेछौ ।
उनले अघि भने फोरम नेपाल पार्टीको निती, सिद्धान्त, एजेण्डा र विचार संग हाम्रो पार्टीको मिल्ने भएकाले र संघीयता र पहिचानलाई आधार बनाएर उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने एकमात्र शक्ति संघीय समाजवादी फोरम नेपाल रहेकोले एकीकरणमा गएका छौ ।
प्रमुख अतिथि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशबाट कांग्रेस, एमाले र माओवादीलाई परास्त गर्न र मधेश जनविद्रोह सहितका विभिन्न आन्दोलनबाट प्राप्त गरेको उपलब्धीको स्थायित्वका लागि तराई मधेशका सबै दलसंग सहकार्य गर्दै आएका छौ । यसैक्रममा आज मधेश समता पार्टीसंग एकीकरण भएको छ ।
उनले भने गत २० वर्षदेखि कांग्रेस माओवादी र एमालेका गुण्डा र लुटेराहरुको कब्जामा रहेका स्थानीय निकायमा आफ्नो स्वामित्वमा लिन हामी स्थानीय तहको निर्वाचनमा भाग लिएका छौं । पाएका उपलब्धीको संस्थागत र बांकी रहेका अधिकार प्राप्तिका लागि चुनवालाई अवसर होइन संघर्षको रुपमा लिएर निर्वाचनमा सहभागी भएको उनले प्रष्ट पारे । उनले यदि हामी यस निर्वाचनमा भाग लिएनौ भने स्थानीय निकाय फेरी त्यही लुटेरा र गुण्डातन्त्रको हातमा जानेछ । आफ्नो स्थानीइ तहमा आफ्नो स्वामित्वका लागि सबै मधेश केन्द्रित दल एक भएर जाने वातावरण मिलाउने हामी प्रायसमा प्रयासमा जुटेका छौं । सबै मधेश केन्द्रित दलको एउटै साझा उम्मेदवार खडा गरी मधेशका स्थानीय तहमा मधेशी जनताको अधिपत्य हुने हाम्रो योजना रहेको भने ।
विभिन्न पार्टीबाट एक हजारभन्दा बढी प्रवेश
सो कार्यक्रम मार्फत धनुषाका बघचौडा, चोराकोयलपुर, कजरा रमौल, बेंगाशिवपुर, पुरन्दाहा, धनुषाधाम गरी आधा दर्जनभन्दा बढी गाउंका नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरु फोरम नेपाल पार्टी प्रवेश गरेका छ्न ।
फोरम नेपाल धनुषाका अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका तेजनारायण यादव, निर्गुण यादव, एमालेका शिवशंकर साह, प्रेमकुमार कापर, विजय कुमार यादव, हृदेश महरा, तपेश्वर सहनी र माओवादी केन्द्रका हरिदेव यादव, शत्रुध्न यादव सहितका नेताहरुको नेतृत्वमा एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
नया प्रवेशीहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका र फुलमाला लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छ्न । नवप्रवेशीहरुलाई फोरम नेपालका केन्द्रिय सदस्य महाजन यादव, चमेली देवी दास, साधु यादव, सांसद उर्मिला साहले स्वागत गर्दै आफना मतव्य दिएका थिए । सो कार्यक्रममा केन्द्रिय सदस्य रामगोविन्द यादव, अरुण सिंह मण्डल, मधेश प्रदेश सचिव शेषनारायण यादव र एकीकृत दलका उपाध्यक्षद्वय कृष्णप्रसाद सहनी र जितेन्द्र सहनी लगायत महासचिव केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply