फोटोकपी छाडेर कतार गएका दिपेन्द्र १२ दिनमै जेलबाट फर्किए

0

मुकेश चौधरी/कैलाली ।

पुस २५ – कैलालीको जानकी गाउँपालिका ९ अमरावतीका दिपेन्द्र साउद कतारको जेलबाट १२ दिनमै फर्किनुभएको छ ।

विदेश जाँदा बनाएका कागजपत्रको फोटोकपी घरमा छाडेका कारण दिपेन्द्रलाई जेलमुक्त भई घर फर्किन सजिलो भएको हो । दिपेन्द्र एसपिएम ओभरसिजबाट २ वर्ष अगाडि कतार जानुभएको थियो ।

करार अवधि सकिएपनि काम लगाएर कम्पनीले पैसा नदिएपछि उनीहरुले घर फर्काउन अनुरोध गरेका थिए । तर कम्पनीले प्रहरी लगाएर दिपेन्द्र सहितका कामदारलाई पक्राउ गर्न लगाएको थियो ।

दिपेन्द्रका बुवा नन्दु साउद खैरीपुरमा आयोजना गरिएको समुदाय अभिमुखीकरण कार्यक्रममा छोरा जेल परेको समस्या लिएर आउनु भएको थियो ।

सुरक्षित आप्रवासन सूचना तथा मरामर्श केन्द्र धनगढीले दिपेन्द्रको समस्या प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) काठमाडौंमा पठाएको थियो । पिएनसिसीले प्रक्रिया अगाडि बढाएपछि गएको मंसिर १३ गते दिपेन्द्र नेपाल फर्कनु भएको हो ।

उहाँलाई कागजपत्रको फोटोकपी हुँदा नेपाल फर्काउन सजिलो भएको हो । ‘सँगै जेल परेका अरु साथी जेलमै छन्, सूचना केन्द्रमा आएका दिपेन्द्रले भन्नुभयो ।

Share.

Leave A Reply