प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको विजयी सुरुवात

0

काठमाडौं, जेठ ९ –
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लवले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले हराएको हो ।

१ सय ४ रनको लक्ष्य आर्मीले १८ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । आर्मीका अनिल मण्डलले ५६ तथा सागर पुनले ४० रन बनाए । पहिले व्याटिङ गरेको पूर्वाञ्चलले ३२ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । उसका मेहवुव आलमले ३६ रन बनाए । आर्मीका सागर पुनले ५ शंकर भण्डारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच आर्मीका सागर पुन भए । लिग कम नकआउटमा हुने पहिलो संस्करणको प्रधानमन्त्री कपमा पाँचवटा क्षेत्रीय र तीनवटा विभागीय गरि ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । २ समूहमा विभाजन गरिएको खेलमा हरेक समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । झण्डै तीन वर्षपछि पहिलो पटक एक दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता भएको हो ।

Share.

Leave A Reply