प्रधानमन्त्रीको संसद सम्बोधन अन्योलमा

0

काठमाडौं, जेठ ९ –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा सम्बोधन गर्ने कुरा अन्योलमा परेको छ । संसद बैठकमा संबोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी प्रधानमन्त्रीले गरेपनि एमालेले संसद बैठक चल्न नदिने तयारी गरेपछि संबोधन अन्योलमा परेको हो ।

अन्योलका कारण बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक बेलुका साढे ५ बज्दा समेत शुरु हुन सकेको छैन । बैठक पटकपटक सूचना टाँस गर्दै सारिदै आएको छ । यसअघि मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुलाई मंगलबार राजीनामा दिने तयारी गरेको जानकारी गराएर संयुक्त तस्बिर समेत खिचाउनुभएको थियो ।

उहाँले सरकार गठन हने बेलामा एमाले लगायत दलले लगाएको आरोपको खण्डन गर्दै सरकारले हासिल गरेका उपलब्धिबारे जानकारी गराउँदै राजीनामा दिने घोषणा गर्ने र मंगलबार नै राष्ट्रपति समक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको थियो ।

एमालेले सरकारले सोमबार गरेको २२ तराइमा वटा स्थानीय तह थप गर्ने निर्णयको विरोधमा आज संसद बैठक चल्न नदिने तयारी गरेको हो ।

यसअघि संसद भवनमै प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेपनि सहमति हुन नसकेको उहाँ निकट श्रोतले जनाएको छ । अहिले फेरि तीनजना शीर्ष नेताहरुबिच छलफल गर्ने तयारी भइरहेको छ ।

Share.

Leave A Reply