प्रदेश २ को मुख्यमन्त्रीमा राजपाको दाबी कायमै

0

२० माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को मुख्यमन्त्रीमा दाबी कायमै रहेको बताएको छ ।

अध्यक्ष मण्डलको उपस्थितिमा शनिबार बसेको प्रदेश २ को संसदीय दलको बैठक दलको नेता चयन गरेन । प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘दबै पार्टी मिलेर प्रदेश सरकार बनाउने हो । कसको नेतृत्व छलफलबाट तय हुन्छ ।’

अर्का प्रदेशसभा सदस्य मनिस मुमनले भने कुन पार्टीको भन्दा पनि सक्षम मुख्यमन्त्री बन्नु पर्ने बताए । उनले यसबारे फोरमसँग छलफल गर्न बाँकी रहेको बताए ।

शनिबारको बैठकले प्रदेशसभाको पहिलो बैठकमा जितेन्द्र सोमलले सम्बोधन गर्ने तय गरेको छ । साथै प्यानल अध्यक्षता नवलकिशोर साहले गर्ने, कार्यव्यवस्था परामर्श समितिमा मनिष सुमन र सुरिता साहलाई पठाउने निर्णय गरेको छ ।

सर्बदलीय बैठकमा सुरिता साह अभिराम शर्मा र परमेश्वर साह तथा नियमावली मस्यौदा समितिमा रामनरेश राय, डिम्पलकुमारी झा र रमेश पटेललाई पठाउने निर्णय गरेको छ ।

भोलि प्रदेशसभाको पहिलो बैठक बसेपछि फेरि संसदीय दलको बैठक बस्ने र संसदीय दलको नेता लगायतबारे निर्णय गर्ने प्रदेशसभा सदस्य उपेन्द्र महतोले बताए ।

Share.

Leave A Reply