प्रदेश १ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र

0

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, माघ २० –लिम्बू भाषालाई प्रदेश नम्बर १ को सरकारी कामकाजको भाषा बनाउन ‘प्रादेशिक भाषा तथा नामाकरण अभियान मञ्च’ले प्रदेश प्रमुख डा. गोविन्द सुब्बालाई ज्ञापनपत्र बुझाएका छन् ।

मञ्चका संयोजक हरिचन्द्र लावतीको नेतृत्वको टोली विराटनगर पुगेर प्रदेश प्रमुख डा.सुब्बालाई ज्ञापनपत्र बुझाएका  हुन् । प्रदेश नम्बर १ मा लिम्बू भाषालाई कामकाजको भाषा बनाउन पर्याप्त आधारहरु रहेको मञ्चको दावी छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख डा.सुब्बाले मञ्चले उठाएका जायज कुराहरु सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पाँचथर जिल्लाका लिम्बू भाषा, साहित्य, सँस्कृतिको क्षेत्रमा सक्रिय अगुवाहरुको नेतृत्वमा गठित मञ्चले प्रदेश १ का सबै सँसदहरुलाई यसबारे ज्ञापनपत्र बुझाउने मञ्चका संयोजक लावतीले वताउनुभयो ।

Share.

Leave A Reply