प्रदेशसभा बैठकका लागि राजपाले गर्यो चार निर्णय

0

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुरधाम, माघ २० –आइतबार हुने प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने विषयमा  राष्ट्रिय जनता पार्टी नेपालले जिम्मेवारी बाँडफाँड गरेको छ ।

आइतबार हुने प्रदेशसभा बैठकको लागि शनिबार बिहान ९ बजेदेखि जनकपुरको सिताशरण होटेलमा बसेको राजपाको संसदीय दलको पहिलो बैठकले चार वटा निर्णयसहित कार्यविभाजन गरेको हो ।

बैठकले आइतबार हुने पहिलो प्रदेशसभा बैठकमा प्रदेश सांसद जितेन्द्र सोनलको नेतृत्वम राजपा नेपालका सांसदहरु भाग लिने र बैठकमा पार्टीको तर्फबाट सोनलले नै शुभकामना मन्तव्य व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकबाट प्रदेशसभा कार्यव्यवस्था समिति मनिष सुमन र सुरिता साहलाई चयन गरेको छ ।

यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिमा रामनरेश राय, डा. डिम्पल झा र रशमेश पटेललाई चयन गरेको छ भने प्रदेशसभा सञ्चालनको लागि अध्यक्ष मण्डलमा किशोर साहलाई राख्नेलगायतको चार वटा निर्णय भएको राजपा नेपालका प्रदेश सांसद सुरेश मण्डलले जानकारी दिनुभयो ।

आइतबारको प्रदेशसभा बैठक पछि प्रदेश सभामुख र उप–सभामुखलगायतको विषयमा मात्र पार्टीमा छलफल हुने समेत मण्डलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply