पाकिस्तानका प्रधानमन्त्री काठमाडौंमा

0

काठमाडौं, फागुन २१ – पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आउनुभएको छ । उहाँ साढे तीन बजे  त्रिभुवन विमानस्थलमा अाेर्लनुभएको हो ।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडा विमानस्थल पुग्नुभएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल आउनुभएको हो । उहाँको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने छ । उहाँको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्नेछ ।

यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ । अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्नुहुने छ ।

गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उहाँ होटल हायात पुग्नुहुनेछ । बेलुकी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।

Share.

Leave A Reply