पहिलो चरणको आइतवार हुने निर्वाच्नमा ६८ हजार सुरक्षाकर्मी परिचालन गरिदै

0

बैशाख ३० गते ।
भोलि हुने स्थानीय तह निर्वाचनमा झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् । नेपाली सेनालाई ब्याकअपका रुपमा खटाइने भएको छ । गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रवन्ध गरिएको बताए ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भने, ‘सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएका छौं । भोलिको मतदानमा ढुक्क भएर आफ्नो मत प्रयोग गर्न सबैलाई अपील गर्न चाहन्छु । गृहमन्त्री निधीका अनुसार चुनावका लागि ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार २२ हजार ५७५ नेपाल प्रहरी, १७ हजार ३५६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ ।
थप ५ हजार जनशक्ति पनि परिचालन गरिएको गृहमन्त्री निधीले जानकारी दिए । उनले भने, ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । हवाई गस्ती र पैदल गस्ती पनि गरिनेछ । मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर छुट्याएको उनले बताए ।

Share.

Leave A Reply