‘पद्मावत’ को गीतमा सेन्सर बोर्डको कैँची, दीपिकाको कम्मर छोपियो

0

माघ ६ – जनवरी २५ मा प्रदर्शन हुने फिल्म ‘पद्मावत’को नाम त परिवर्तन गरियो नै फिल्मको घूमर गीतमा पनि धेरै ठूलो परिवर्तन गरिएको छ । सेन्सर बोर्डको निर्देशन अनुसार घूमर गीतमा दीपिकाको कम्मर नदेखिने गरि छोपिएको छ । यस गीतलाई पुनः छायांकन नगरिकनै दीपिकाको कम्मर छोपिएको हो ।

एकातर्फ दीपिकाका फ्यानहरु घूमर गीतमा दीपिकाको अंदाजलाई देखेर कायल भएका थिए भने अर्को तर्फ करणी सेना यस गीतको विरोधमा उत्रिए । भारतको मेवाड राजघरानाले पनि यस गीतप्रति आपत्ति जनाए ।

विरोधीहरुको आरोप थियो कि राजघरानाका रानीहरु यसरी सबैका अगाडि नाच्दैनन् । फिल्मको गीतमा दीपिकाले पद्यावती रानी बनेर नाचेकी छिन् । जुन वास्तविकतामा रानीहरुले यसरी सबैको अगाडि कम्मर देखाएर नाच्नु भनेको लाजमर्दो कुरा हो । यस गीतमार्फत चित्तौडगढकी महारानीको अपमान गरेको आरोप पनि लगाएका थिए ।

त्यसैले हालै सेन्सर बोर्डको निर्देशन अनुसार फिल्मको टाइटलसँगै घूमर गीतलाई VFX प्रविधिको सहायतामार्फत परिवर्तन गरिएको छ ।

गीतलाई दोवारा छायांकन नगरिकनै VFX प्रविधिबाट दीपिकाको कम्मर छोपिएको छ । दीपिकाको कम्मरलाई पूर्णरुपमा छोपेर घूमर गीतको नयाँ भर्जन सार्वजनिक गरिएको छ ।

Share.

Leave A Reply