नेपाल हुँदै चीन–भारत जोड्ने किमाथांका ट्रयाक खुल्दै

0

उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जोगवनी–किमाथांका सडक तथा अरुण जलविद्युत परियोजना निर्माणको स्थलगत अवलोकन गरि फर्किएको छ ।

अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले स्थलगत अवलोकनको क्रममा अरुण तेश्रो जलविद्युत परियोजना निर्माणको जिम्मा पाएको भारतीय सरकारी कम्पनी सतलजका परियोजना प्रमुखसँग परियोजना निर्माणको अवस्थाको बारेमा छलफल गरेको छ ।

बिराटनगरलाई राजधानी बनाउनु पर्ने विषय उठिरहेका बेला टोलीले जोगवनीदेखि किमाथांका सम्मको सडक सञ्जालको अवस्थाको बारेमा जानकारी लिनुको साथै जलविद्युत परियोजनाको बारेमा समेत जानकारी लिएको हो । ५ वर्ष भित्र परियोजना निर्माण कार्यलाई सम्पन्न गर्न द्रुत गतिमा काम भइरहेको र त्यसका लागि परियोजनाले हाई ड्याम निर्माणका लागि ठेक्का लगाई सकेको ड्याम निर्माण स्थलसम्म पुग्न सडकको ट्रयाक खोल्ने काम भइरहेकोले १ नम्बर प्रदेशको लागि एउटा समृद्धिको दरिलो आधार बन्दै गएको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।

टोलीले मकालु गाउँपालिकाका अध्यक्ष खडगबहादुर कटुवालसँग छलफलको क्रममा स्थानीय निकायले परियोजनालाई तोकिएको समयमा काम सम्पन्न गर्न स्थानीयको तर्फबाट पनि उत्तिकै सहयोग भइरहेको  उहाँको भनाई छ । मुआब्जा विवादका कारण केही समय समस्या देखिएको भए पनि अहिले त्यस्तो समस्या नरहेको कटुवालले जानकारी दिनुभएको उपाध्यायको भनाई छ ।

विराटनगर–किमाथांका सडक निर्माणको स्थलगत अवलोकनको क्रममा खाँदवारीदेखि किमाथांका सम्मको १६२ कि.मि मा खाँदवारीदेखि ८० कि.मि र किमाथांकादेखि १४ कि.मि. सम्मको ट्रयाक खोलिसकिएको सडक निर्माण कम्पनीलाई उद्धृृत गर्दै उद्योग संगठनले जनाएको छ । बाँबी रहेको ६८ किलोमिटरको ट्रयाक खोल्ने कामलाई छिटो सम्पन्न गर्न ट्रयाक खोल्न सिमांकन गरिएको भागबाट खण्ड खण्डमा ट्रयाक खोल्ने काम भइरहेको जनाइएको छ  ।

Share.

Leave A Reply