नेपाल पुलिस झापा गोल्डकपको क्वार्टर फाइनलमा

0

झापा, फागुन २० – रुपन्देही– ११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब  झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ८३ औं मिनेटमा पुलिसका तर्फबाट रेजिन सुब्बाले गरेको गोल नै निर्णयक बन्यो ।

खेलको म्यान अफ द म्याच पुलिसकै सुमन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । सोमबार अर्को विभागीय टोली शसस्त्रप्रहरीको एपीएफ क्लब र रुस्लान थ्रि स्टारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Share.

Leave A Reply