नेपाली राजनीतिमा उत्तराधिकारी खोज्ने परम्परा गलत : कार्की

0

काठमाडौ, बैशाख २२ –

सुचना तथा सञ्चारमन्त्री राम कार्कीले नेपाली राजनीतिमा उत्तराधिकारी खोज्ने परम्पराले राजनीति सहि बाटोमा नहिडेको बताएका छन् ।

कालमाक्र्स दुईसय बर्ष पुगेको अवसरमा शुक्रबार काठमाडौमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका नेता समेत रहेका कार्कीले माक्र्सबादी सिद्धान्त परिवर्तनशील भएकाले यसलाई समयानुकुल परिवर्तन गर्दै लैजान सकिने बताए ।

उनले भने‘ माक्र्सले उत्तराधिकारी कहिल्यै खोजेनन् तर, यहा उत्तराधिकारी खोजिन्छ र बहस गर्नेलाई सिध्याउने नै चलन छ ।’
समाजबादका बारेमा रोजाले भनेजस्तै राजनीतिक स्वतन्त्रता आवाश्यक भएपनि नेपालमा त्यसको कार्यन्वयपक्ष कमजोर भएको पनि बताए ।

कार्कीले समाजबादका स्थापित गर्न हतियार नभई मानिसको साथ आवाश्यक रहेको भन्दै सामाजबादका लागि सामाजिक आयमविना प्रजातान्त्रिक राजनीतिको अर्थ नहुने बताए ।

बुर्जुवा प्रजातन्त्रको विरोध गर्दैमा समग्र प्रजातन्त्रको विरोध नहुने मन्त्री कार्कीको भनाई छ ।

Share.

Leave A Reply