नेपाललाई सुरुवातमै झट्का, दिलिप नाथ दुई रनमै आउट

0

फागुन २० – विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ ।

ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे ।

चार अाेभरकाे समाप्तिमा नेपालले एक विकेट गुमाएर मात्रै १० रन जाेडेकाे छ । अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको हो ।

यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

घरेलु टोली जिम्बावेका लागि ब्रेन्डन टेलरले सर्वाधिक रन बनाए । त्यस्तै सिकन्दर राजाले रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए  भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामीले २–२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

Share.

Leave A Reply