नेपालमा पहिलो पटक एक दिवसिय आई. टि प्रोग्रामीङ कन्टेस्टको आयोजना हुने

0

सुदिप कुमार शर्मा
जनकपुरधाम

ल्याङ्गवेज कोडिङ्को महत्वलाई नेपाली समाजसामु उजागर गर्ने मुख्य उद्देश्यले खोलिएको “नेपाली समाज” नामक फेसबुक पेजको आयोजकत्वमा यहि आउदो आषाढ १७ गते बुटबलको कालिकानगर-१३ स्थीत कालिका उ मा. विद्यालयको प्राङ्गणमा आई टी क्षेत्रमा रूचिभएका विधार्थीहरुलाई लक्षितगरि नेपालमै पहिलोपटक एक दिवसिय आई टि प्रोग्रामिङ कन्टेस्ट आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा आई टि सम्बन्धी ज्ञान हुने नेपाल अधिराज्य भरिकै बिधार्थी सहभागि हुन सक्ने आयोजकले बताएको छ।

कार्यक्रमका मुख्य प्रायोजक नेपथ्य कलेज र लिसारा, शिखर रिडेफिनेसन, वन्यू सिद्धबाबा इन्जिनियरिङ् ट्रली उद्योग र खल्ति एपको सह-प्रायोजनमा हुने भएको छ।
कर्यक्रमलाई आइ.सी.टि. फ्रेमले अफिसियल मिडियाको रुपमा र बुटवल क्यान महासंघले समेत साथ दिने भएको नेपाली समाजले जानकारि दिएका छन्।

उक्त कार्यक्रममा आई टि सेक्टरमा कोडिङ सिस्टम् मार्फत प्रत्येक सहभागि विधार्थीलाई एउटै प्रोग्राम सोल्व गर्न दिने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन समूहलाई हौसला स्वरुप नगद रू २१०००।- (एक्काईस हजार) र प्रमाण पत्र प्रदान गरिने नेपाली समाज फेस्बुक प्यानेलका एड्मिन रोशन नेपालले जानकारी दिएको छ।

साथै बढदै गइरहेको रक्तको चरम अभावलाई निर्मुलिकरण गर्ने उद्देश्यले नेपाली समाजका युवाहरूद्वारा स्मार्ट १८ स्ट्रास टिमको सहयोगमा सोही दिन बिहान ११ बजे देखि दिउसो १ बजेसम्म खुल्ला रक्तदान कार्यक्रमको पनि आयोजना गरिने नेपाली समाज फेसबुक प्यानलका सदस्य सुनिल आदित्य शर्माले जानकारी दिनु भएको छ।

Share.

Leave A Reply