नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक

0

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् । मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसारको नक्सा सार्वजनिक गरेकी हुन् ।२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकी दुई सय वर्ष भन्दा पुरानो सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली ९महाकाली० पूर्वका सबै भूभाग नेपालको हो ।

Share.

Leave A Reply