निर्वाचन आचारसंहिता उल्लंघन नभएको प्रधानमन्त्रि दाहाल

0

बैशाख २७ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोपको खण्डन गरेका छन् । सरकारबाटै आचार संहिता उल्लंघन भएको भन्दै विपक्षी दलहरुले आलोचना गरेका छन् । बुधबार निर्वाचन आयोगले गरेको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘आयोगको स्वीकृति लिएर नै निर्णय गरेको छ ।
उनले दोलखा घटना दुस्खद भएको बताए । घटनाबारे अनुसन्धान गर्न भनिएको भन्दै उनले सत्यतथ्य बाहिर आएपछि कारबाहीको प्रक्रिया अघि बढ्ने बताए । माओवादी केन्द्रका ८ जना कार्यकर्ता पक्राउ परेको सुनेको भन्दै उनले भने, ‘यो गम्भीर घटना हो । त्यसरी नै हेर्ने विश्वास दिलाउन चाहन्छु ।’

Share.

Leave A Reply