नकपुर अञ्चल अस्पतालबाट एक बालिका बेपत्ता

0

जनकपुरधाम । विगतका दिनहरुमा बच्चा चोरी भएको घटनाहरु साम्य नहुँदै पुनः जनकपुर अञ्चल अस्पतालबाट एक बालिका बेपत्ता भएकी छन् ।
गत बैशाख १७ गतेदेखि उपचाररत धनुषाको कमला सिद्धिदात्री गाउँपालिका तथा साबिक गाविस माचि झिटकैया वडा नं. ५ बस्ने दिपक मण्डलकी ६ बर्षिय छोरी खुसबु भनिने रितिका कुमारी मण्डल अस्पताल शैयाबाटै विहिबार बेपत्ता भएकी छन् ।

विहिबार दिउँसो अभिभावकहरु केही क्षणको लागि बाहिर निस्कदाँ रितिका शैयाबाट बेपत्ता भएको अभिभावकले जनाए ।
‘रितिकाको अवस्था गम्भिर थियो, त्यसपछि हामीले अञ्चल अस्पतालमा ल्यायौँ, चिकित्सकले शरिरमा रगतको कमी भएको बताउँदै रगत चढाउन लगायो, तीन दिनदेखि रगत चढाईरहेको थियो । अचानक हामीहरु बाहिर निस्केपछि रितिका गायब भइन् ।’– अभिभावकले भने ।

अस्पतालको बच्चा वार्डमा उपचाररत रितिकाकी बुवा दिपक प्याथोजी ल्याबमा रगत चेक गराउन गएको तथा रितिकाकी नानी केही शौचालय र नामा गणपैत्त मण्डल खाना खाना निस्केको बेला उनी बेपत्ता भएको बताइन्छ ।

यता, जनकपुर अञ्चल अस्पतालको अस्थायी प्रहरी पोष्टका हबल्दार सँतोष सिँहले बालिकाको हातमा केनौला लागेकै अवस्थामा शैयाबाट उठेर कतै गएको हुन सक्ने शँका व्यक्त गरे । उनले बालिकाको खोजी कार्य प्रहरीले तिव्र गरेको समेत बताए ।

अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादबले भने,‘बालिका एनेनियाको विरामी थिइन, शरिरमा रगत चढदै गरेको अस्तालका कर्मचारीलाई उदृत गर्दै बताए ।
उनले बालिका अभिभावक नभएको अवस्थामा बाहिर निस्केको हुन सक्ने थपे ।

अस्पतालमा उपचाररत विरामी तथा कुरुवाहरुले समेत बालिका बाहिर निस्केको नदेखेको प्रतिक्रिया दिए ।
बालिका अस्पतालबाटै बेपत्ता भएपछि परिवारजनमा रुदन छाएको छ ।

 

Share.

Leave A Reply