धनुषामा आठ किलो चाँदीसहित एक जना पक्राउ

0

जनकपुर, जेठ ११ – प्रहरीले धनुषामा झण्डै आठ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो आठसय ग्राम अवैध चाँदीसहित प्रहरीले बुधबार बेलुका धनुषाको धनौजीबाट पक्राउ गरेको हो ।

ज १ प २१७९ नम्बरको मोटरसाइकलको सिट मुनि लुकाएर भारतबाट नेपाल आइरहेको बेला चेक गर्दा चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झण्डै ४ लाख ९५ हजार रुपैयाँ बराबरको रहेको जनाएको छ ।

पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply