धनुषाको रघुनाथपुरमा प्रदर्शन

0

रघुनाथपुरलाई केन्द्र राखेर गाउँपालिका बनाउनुपर्ने माँग राख्दै रघुनाथपुरबासीले संघर्षलाई निरन्तरता दिदै खबरदारी जुलुस निकालेको छ ।

रघुनाथपुरस्थित युवा तथा स्वतन्त्र नागरिक र मधेश केन्द्रित दलका नेता कार्यकत्र्ताले गाउँपालिकाको लागि आवश्यक पूर्वाधार तथा स्रोतसाधन हुँदाहुँदै अस्तित्व नै मेटिने गरी अर्को नगरपालिकामा गाभिएकोप्रति आक्रोश ब्यक्त गर्दै संघर्षको कार्यक्रमहरु गर्दै आएका छन् । साबिकको रघुनाथपुर गाविसलाई विभाजन गरी हाल सबैला र चारनाथ गरी दुई नगरपालिकामा गाभिएको छ । ९ नं वडालाई चारनाथ नगरपालिका र अन्य ८ वडालाई सबैलामा गाभिएको हो ।
तस्वीर : बी पी साह

संघर्षरत् युवा तथा राजनीतिक दलका नेताहरुले सोमबार स्थानीय काँग्रेस र माओवादी केन्द्रका नेताहरुको घरमै पुगेर अबिलम्ब गाउँपालिका गठन गर्न पार्टी पंक्तिलाई दबाब दिन सचेत गराएको छ । लाठीसहित निस्केको जुलुसले रघुनाथपुर – गोदार तथा रघुनाथपुर सबैला सडकखण्डमा डोजर लिएर सडक खनेर विरोध प्रदर्शन गरेका हुन् ।

Share.

Leave A Reply