धनुषाका सी डी ओले नै कानून हातमा लिए

0

४ जेठ, २०७४ । धनुषाका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालय धनुषाका लागि कार्यरत लेखापढी व्यवसायिलाई आफ्नै च्याम्बरमा कुटपीट गरेका छन् । प्रजिअ दिलीप चापागाईले आफैं र आफ्नो पी एस ओ परिचालन गरेर कानून व्यवसायिलाई गालीगलौज गर्दै कुटपीट गरेका हुन् । प्रजिअ चापागाईले सेवाग्रहीबाट बढी रकम असुल्ने कानून व्यवसायिलाई कारबाही गरेको प्रतिक्रिया दिए ।
प्रजिअले थप्पड हान्दा कञ्चटमा परेको डाम देखाउँदै रामसुन्दर

बिहिबार बिहान कार्यालय खुले लगत्तै प्रमुख जिल्ला अधिकारी चापागाईले जिल्ला प्रशासन कार्यालय धनुषाको छेउछाउमा भाडाको घरमा लेखापढी काम गर्न बसेका व्यवसायिहरुलाई एक एक गरी माथि आफ्नो च्याम्बरमा बोलाए । च्याम्बरमा गएका जय मण्डल, सुनील यादब, रामनारायण साह सहित आधा दर्जन कानून व्यवसायिलाई थप्पड, मुक्काले हान्दै च्याम्बरबाट बाहिर पठाएको जय कुमार मण्डलले गुनासो गरे । कानून व्यवसायि संघ धनुषाका अध्यक्ष रामसुन्दरलाई फोन गरी प्रशासन कार्यालय बोलाएका प्रजिअ चापागाईले च्याम्बरभित्र प्रवेश गर्नै लाग्दा पी एस ओ र सुरक्षार्थ प्रहरी लगाएर धक्का हान्दै आफू कहाँ उपस्थित गराए । ‘ मुजी, साला लगायतका गाली गलौजबाट कुरा गर्न सुरु गरेका सी डी ओले कुर्सीबाट उठेर कञ्चटमा थप्पड हान्दै सुरक्षाकर्मीबाट पिटन लगाए’– अध्यक्ष रामसुन्दरले दाबी गरे । रामसुन्दरले नेपाल सरकारले फारम भरेबापत् तोकिदिएको रकम भन्दा दुई पैसा बढी लिएको प्रमाण भए कारबाही भोग्न तयार रहेको बताए ।

कानून व्यवसायिले कार्यालय परिसर बाहिरबाट कामकाज गरेपनि प्रजिअ चापागाइले आफ्नै चालकलाई जिल्ला प्रशासन कार्यालय धनुषा परिसरमा रहेको चमेना गृहलाई अनियमितताको थलो बनाएका छन् । प्रजिअको थप्पड खाएका राम नारायणले परिसरभित्र रहेको चमेना गृहबाट मात्रै प्रजिअ चापागाईको मासिक अवैध कमाई एकलाखभन्दा बढी रहेको दाबी गरे । प्रजिअ चापागाईले भने सेवाग्रहीलाई अनावश्यक केरकार गर्ने गरेकोले कानून व्यवसायिलाई कारबाही गरेर सेवाग्रहीको पैसा फित्र्ता गराएको जनाए । कानून व्यवसायिलाई कारबाही गर्नुभन्दा हात नै हान्नुपरेको कारणबारे प्रजिअलाई सोध्दा उनले भने – कारबाही गरेर पैसा फित्र्ता गराएको हुँ ।

Share.

Leave A Reply