धनगढीमा कुकुर शाखाको उद्घाटन

0

नवराज पनेरु/उज्यालो ।

कैलाली, फागुन १७ – कैलालीको धनगढीमा कुकुर शाखाको उद्घाटन गरिएको छ ।

७ नम्बर प्रदेश प्रहरी संघीय इकाइले स्थापना गरेको कुकुर शाखाको बिहीबार एक समारोहका बीच प्रमुख अतिथि एआइजी माधव नेपालले उद्घाटन गर्नुभयो ।

अपराध अनुसन्धानमा सहयोग पुगाउने उदेश्यले कुकुर शाखा सञ्चलनमा ल्याइएको प्रहरीले जनाएको छ । यस अघि प्रदेश नम्बर ७ मा कुकुर शाखा नहुँदा अपराध अनुसन्धानका लागि अन्यत्रबाट तालिम प्राप्त कुकुर ल्याइने गरिन्थ्यो ।

तर, अब धनगढीमै तालिम प्राप्त कुकुरको शाखा स्थापना भएपछि प्रदेश ७ मा अपराध अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । शाखामा चार वटा तालिम प्राप्त कुकुर राखिएका छन् ।

अपराध अनुसन्धानमा सहयोग पुगाउने कुकुर शाखाको सञ्चालनका लागि प्रहरी मुख्यालय काठमाडौंबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जनाको छु्ट्टै प्रहरी जनशक्ति यहाँ खटिएका छन् ।

Share.

Leave A Reply