दुई दिनमा मतपरिणाम सार्वजानिक गर्न एमालेको माग

0

जेष्ठ २ गते ।
नेकपा एमालेले मतगणनालाई दुई दिन भित्र सकाउने गरि काम गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ । दोश्रो चरण अन्र्तगत जेठ ३१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा लाग्नुपर्ने भन्दै एमालेले २ दिन भित्र पहिलो चरणको नतिजा सार्वजनिक गर्न आयोगलाई दबाब दिएको हो
मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै एमाले सचिव योगेश भट्टराईले २ दिन भित्र निर्वाचन परिणाम सार्वजनिक गरी दोश्रो चरणको निर्वाचन तयारी गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।
एकै चरणमा निर्वाचन गराउन तयार रहेको आयोगले जनशक्ति अभावमा गणनामा ढिलाई भएको भन्न नमिल्ने भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरेर परिणाम घोषणा गर्न आग्रह गरेका हुन् । मतगणनामा ढिलाई भएकोमा गम्भीर आपत्ती जनाउदै सम्पुर्ण जनशक्ति परिचालन गरेर दुई दिन भित्र नतिजा प्रकाशन गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।

Share.

Leave A Reply