दाङको घोराही उपमहानगरपालिकामा पानी व्यवस्थापनका लागि २ करोड रुपैयाँ

0

दाङ, पुस २२ – बढ्दो जनसंख्यालाई आवश्यक पर्ने पानीको अभाव हुन नदिन घोराही उपमहानगरपालिकाले ६ वटा स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षण अन्र्तगत ६ स्थानमा ड्याम निर्माण गर्ने निर्णय गरेको हो ।

यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जस अन्तर्गत वडा नम्बर –५ को तुइखोलामा १५ लाख, वडा नम्बर –१२ को सिस्नेरीमा २५ लाख, वडा नम्बर –१३ को ज्यामीरेमा ५५ लाख, वडा नम्बर –१७ गुलरीयामा ४० लाख, ढिकपुरमा ४५ लाख र वडा नम्बर –१८ को गिठेपानीमा २० लाख गरी २ करोड रुपैयाँ खर्च गरेर जलाशय निर्माण गर्ने निर्णय गरेको हो ।

साथै नगर कार्यपालिकाको बैठकले अन्य ४ वटा जलाधार क्षेत्रको मर्मतका लागि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । वडा नम्बर १६ को गंगटे ड्याम मर्मत तथा निर्माणका लागि ३५ लाख, वडा नम्बर १७ को आरोग्य ड्याम मर्मतका लागि ५ लाख, वडा नम्बर १८ को डवरी र अम्वापुरको पाँच÷ पाँच लाख गरी ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ ।

Share.

Leave A Reply