त्रिपालमा रात काट्दै बाढीपीडित

0

बाँके, पुस २६ –राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका बाढी पीडितहरु पुस महिनाको कठ्यांग्रिने चिसोमा त्रिपालमा बस्दै आएका छन् । राप्ती नदिमा आएको बाढीले घर भत्किएपछि अहिले सम्म त्रिपालमा बस्दै आएका छन् ।

‘जाडोमा आगो तापेर रात कटाउनुपर्ने बाध्यता छ ।’ फत्तेपुरका हरिराम थारुले भन्नुभयो । फत्तेपुरमा बाढीबाट पुर्णरुपमा घरबास क्षति भएका  १९० परिवारलाई बुधबार अक्सफाम र बी–ग्रुप नेपालगन्जले नगद तथा अन्य राहत सामाग्री सहयोग गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष जनक थारुले माघी तिहारको बेलामा गरिएको सहयोग स्थानीयका लागि ठूलो भएको बताउनुभयो । बाढीपीडित मध्ये कतिपय नजिकैको सामुदायिक वनमा आश्रय लिएर बसिरेहेका छन् ।

उनीहरुलाई वनले हटाउन भनेपछि समस्या आएको छ । बी–ग्रुपका कार्यकारी निर्देशक गोपालनाथ योगीका अनुसार प्रति परिवार नगद ५ हजार रुपैयाँ, ४ थना कम्बल, ४ थान मेट्रिस, २ थान सानो म्याट र २ थान त्रिपाल सहयोग गरिएको छ । जिल्लाभर बाढीबाट पूर्ण क्षति भएका ५०० परिवारलाई सहयोग गरिने बी–ग्रुपले जनाएको छ ।

Share.

Leave A Reply