तेस्रो कीर्तिपुर दसैँ महोत्सव आउँदो बुधबारदेखि हुने

0

काठमाडौं, भदौ २४ – तेस्रो कीर्तिपुर दसैँ तथा व्यापार महोत्सव २०७४ आउँदो बुधबारदेखि कीर्तिपुरको नयाँ बजार खेलकुद मैदानमा हुने भएको छ ।
कीर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटन बढाउन, कीर्तिपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन र आर्थिक रुपले मजबुत बनाउन महोत्सव आयोजना गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ । महोत्सवमा कीर्तिपुर नगरपालिकाका १० वटा वडाका लागि एक–एक वटा स्टलको फ्री व्यवस्था गरिएको छ । ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामग्रीहरु प्रदर्शन गरिने छ ।
महोत्सवमा कपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाडाकुडा, अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल र इलोक्ट्रोनिक्स समानसहितका स्टल राखिने भएकाले दसैँको किनमेलका लागि राम्रो गन्तव्य हुने आयोजक मध्येका एक राजकमल महर्जनले बताउनुभयो । असोज ११ गतेसम्म चल्ने महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नाच पनि देखाइनेछ ।

Share.

Leave A Reply