तीन प्रदेशमा मतदान भईरहंदा मधेस बन्द गरेका राजपा माथि जनताको आक्रोश

0

जनकपुरधाम, असार १४ गते ।

संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिएका राष्ट्रिय जनता पार्टीको विरोध मधेसका आठ जिल्लामा मात्र सिमित भई अन्य तीनवटा प्रदेशहरुमा निर्वाध रुपमा मतदान भईरहेको छ । प्रदेश नं.१,५ र ७ का ३५ जिल्लाहरुमा केही हिंसात्मक गतिविधि बाहेक मतदान उत्साह पूर्वक रुपमा भईरहंदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनलाई मधेसका आठ जिल्लामा मात्र तेस्रो चरणमा सारिएको अवस्थामा राजपाले चुनावनै नभईरहेको ठाउँहरुमा औचित्यहीन रुपमा बन्दी गर्दा स्थानीयवासीहरुमा आक्रोश उत्पन्न भएको छ ।

राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले तेस्रो चरणमा निर्वाचन सारिएपनि समर्थनमै रहेका जनतालाई पटकपटक दुःख दिन बन्द आह्वान गरिने गरिएको आरोप सर्वसाधारणले सामाजिक सञ्जालमा टिक्काटिप्पणी गरेर पोखेका छन् । सामाजिक सञ्जालमा अत्याधिक मात्रामा बन्दको औचित्य र आवश्यकता विषयमा राजपा नेताहरुसंग प्रश्न गरिएको छ भने कतिपयले त आक्रोशित हुंदै राजपाका बन्दकर्ताहरुलाई गाली समेत गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एकातर्फ राजपा कार्यकर्ताहरु स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिने र अर्को तर्फ जनतालाई मुर्ख बनाउन बन्द आह्वान गरेको भनि आक्रोश पोखेका छन् । जनतालाई दुःख दिन अनाहक रुपमा बन्द आह्वान गरिएको आरोप समेत लगाईएको छ । राजपाले आह्वान गरेको बन्दले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा जनजीवन मात्र प्रभावित भएको छ । बन्द आह्वानकर्ताले बुधबार विहानैदेखी जनकपुरको प्रमुख प्रवेशद्धार रामानन्द चोक लगायत विभिन्न स्थानहरुमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् । हड्तालक कारण यस क्षेत्रको यातायात, करकारखाना, उद्योग, विद्यालय बन्द भएको हो । सरकारी कार्यालयहरुमा पनि बन्दका कारण सेवाग्राहीहरुको चाप कमै देखिएको छ । फोटो क्यापसन ः जनकपुरको रामानन्द चोकमा बुधबार टायर बालेर विरोध गर्दै राजपा कार्यकर्ता ।

Share.

Leave A Reply