तीन किलो चाँदीसहित एक जना पक्राउ

0

धनुषा, चैत ११ – ट्राफिक प्रहरीले चेकजाँचको क्रममा धनुषामा तीन किलो अवैद्य चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । चाँदीसहित पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–६ का १९ वर्षका नवराज लहेरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार विहान बा ६ प ४६५९ नम्बरको मोटरसाइकलमा जाँदी लिएर बर्दिबासबाट सिहारको मिर्चैया जाँदै गरेका बेला लहेरीलाई पक्राउ गरिएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा चाँदी फेला पारेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply