तत्काल नयाँ सरकार गठन हुँदैनः नारायण खड्का

0

२० पुस, भक्तपुर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले तत्काल नयाँ सरकार गठन हुने अवस्था नरहेको दावी गरेका छन् ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न वाम गठबन्धनले दवाव दिइरहेका बेला कांग्रेस नेता खड्काले तत्काल नयाँ सरकार गठन गर्न सकिने अवस्था नरहेको तर्क गरेका हुन् ।

विहीबार रफत सञ्चार क्लव भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै नेता खड्काले राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मात्रै संघीय संसदले पूर्णता पाउने र नयाँ सरकार गठन प्रक्रिया सूरु हुने बताए ।

कांग्रेस नेता खड्काले सरकारले संवैधानिक व्यवस्था अनुसार आफ्नो काम गर्दै जाने पनि स्पष्ट पारे । उनले प्रदेश प्रमुखको नियुक्ती गर्ने छुट सरकारलाई संविधानले नै दिएकाले त्यसको विरोध नगर्न पनि विपक्षीसँग आग्रह गरे ।

Share.

Leave A Reply