डोटीमा खानेपानीको समस्या, पिउनका लागि पानी छैन्

0

विमल विष्ट/उज्यालो ।

डोटी पुस २२ – डोटीमा खानेपानीको समस्या सुरु भएको छ । खानेपानीको धारामा पानी आउन बन्द हुन थालेपछि डोटीका स्थानीयबासिन्दा पुराना धारा, नदी, प्रचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय संकटमा पर्न थालेका छन् ।

‘खानेपानीका मूहान सुक्न थालेका कारण खानेपानीको धारामा पानीको मात्रा घटेको’ दिपायलमा पानी वितरण गर्दै आएको राजपुर खानेपानी तथा उपभोक्ता समितिको कार्यालयले जनाएको छ । खानेपानी तथा उपभोक्ता समितिले विहान र बेलुका एक घण्टा मात्रै पानी वितरण गर्न थालेको छ ।

पानी अभावमा ग्राहकलाई खाना खुवाउन निकै सास्ती हुँदै आएको दिपायल पिपल्लाका होटेल व्यवसायी मोहन पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानी बोक्न काम दिनु परेको छ, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक आउनै छोडेका छन् ।’ होटेलमा बास बसेका ग्राहकले पानीको अभावमा शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो समेत गर्ने गरेका छन् ।

जिल्लामा खाने पानीको समस्या भएपछि जिल्ला कारागारमा रहेका कैदी पनि समस्यामा छन् । उनीहरुलाई लुगाधुन, नुहाउन तथा खाना पकाउनमा बढी समस्या भएको छ ।

Share.

Leave A Reply