डा. विमलको विरोध हुँदा म स्तब्ध र विचलित भएँ’

0

कोषका पूर्वअध्यक्षहरू तथा भाषासाहित्य पुरस्कार पाइसकेका व्यक्तिकै भनाइमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा.राजेन्द्र विमललाई पुरस्कारका लागि छनोट गरेँ । डा.विमलको चयनलाई लिएर मन्त्रालयमा दर्जनौं उजुरी परे । मिडियामा पनि धेरै समाचार आए । जसले गर्दा पुरस्कार लिन उहाँले असमर्थता प्रकट गर्नुभयो । उहाँको अस्वीकारोक्तिले म स्तब्ध भएँ र उजुरीमा लेखिएका कुराबाट निकै विचलित पनि ।

एकजनाको परिचय एउटै कर्मसँग जोडेर हेरिन्छ । तर, बहुकर्ममा संलग्न व्यक्तित्व पनि छन् समाजमा । जसले विविध कार्यमा आफ्नो योगदान पुर्याएका छन् । र, ती जम्मै कार्यमा विविधता र बहुआयामिकता दिने गर्छन् । अँग्रेजीका प्राध्यापक विजय दत्त तिनै व्यक्तिमध्येका प्रतिभाशाली, प्रखर र प्रभावशाली सर्जक हुन् । अँग्रेजी साहित्यमा विद्यावारिधिसमेत गरेका दत्तको ‘पूर्व प्रजातन्त्रकालदेखि गणतन्त्रसम्म’ पुस्तक प्रकाशोन्मुख छ । यसअघि उनले विभिन्न विषय र सन्दर्भलाई समेटेर नौवटा पुस्तक लेखेका छन् । नेपाली, अँग्रेजी र मैथिली तीनवटै भाषामा प्रकाशित कृतिमा नियात्रा, रोमान्टिसिज्म, फेमिनिजम, साँस्कृतिक राजनीति, आख्यान, कविता, विश्लेषण आदि छन् । यसका अतिरिक्त अनुवाद, लेखरचनामा पनि दत्त उत्तिकै पोख्त मानिन्छन् ।

मानवअधिकारको क्षेत्रमा छुट्टै र विशिष्ट परिचय बनाएका दत्त साहित्यसम्बद्ध कयौं संस्थाको नेतृत्व गर्दैछन् । एमालेमा आबद्ध दत्तसँग उनको सिर्जन र अन्य विषयवस्तुमा केन्द्रित भएर सञ्चारक नेपालले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सारसंक्षेप ।

Bijay_Dutta

अहिले के गर्दै हुनुहुन्छ ?
प्राध्यापनका अतिरिक्त साहित्य, संस्कृतिलाई आधार बनाई मुलुकको सर्वाङ्गीण विकासका लागि नेपालको भौगोलिक क्षेत्र र जनताको बीचमा सुमधुर सम्बन्ध स्थापनाका लागि साहित्यिक र अधिकारवादी खम्बाहरूका माध्यमबाट गणतान्त्रिक अधिकारलाई स्थापित गर्न आमजनता र नागरिक समाजसँग सहकार्य गर्दैछु । यसबाट मुलुकको चतुर्दिक विकास र पूर्वाधार विस्तारसँगै मानव संशाधनको अधिकतम उपयोग होस् भन्ने मेरो चाहना छ । यो धरातलीय यथार्थलाई अघि बढाउन अहोरात्र तल्लीन छु । यसबाहेक मुलुकको आधारस्तम्भ आधुनिक तथा व्यावसायिक कृषि विकास, पर्यटन, जलस्रोतजस्ता आधारभूत पूर्वाधारका साथै युवा शक्तिलाई देशमै स्वरोजगारको व्यवस्था होस् भनी अग्रणी भूमिका निर्वाह गर्दै आएको छु । इन्द्रधनुषी अभ्यासबाट मात्र मुलुकको कायापलट हुन सक्ने अवधारणाअनुरूप सबै खाले सकारात्मक र रचनात्मक कामलाई निरन्तरता दिँदैछु ।
यो त समग्र कामको कुरा भयो । अहिलेचाहिँ के गरिरहनुभएको छ ?
पूर्वप्रजातन्त्रदेखि गणतन्त्रसम्मको यथार्थपरक नेपाली राजनीतिक इतिहासलाई जनसमक्ष ल्याउन विभिन्न व्यक्तिसँग भेटघाटलाई तीव्र बनाएको छु । आर्थिक, सामाजिक , सांस्कृतिक, नागरिकसहितका अधिकार एवम् कर्तव्यका बारेमा चर्चा, अध्धयनका साथै लेखनमा बढी समय व्यतीत गरिरहेको छु । दोस्रो महत्वपूर्ण कार्य, लोकतन्त्रको आधारभूत स्तम्भ स्थानीय तहको चौतर्फी विकासका लागि निर्वाचन अपरिहार्य भएकोले सम्पूर्ण राजनीतिक शक्तिलाई यस महायज्ञमा भाग लिन आफ्नो बुद्धि र क्षमताको प्रयोग गरेर अपिल र आव्हान गर्दै सो कार्य तत्परताका साथ निर्णायक विन्दूसम्म पुगोस् भनी अथक प्रयास गर्दैछु ।
तपाईं विद्यापति पुरस्कार कोषका अध्यक्ष पनि हुनुहुन्छ । तपाईंले कोषको रकम दलीय निकटताका आधारमा बाँडफाँड गर्नुभयो भन्ने आरोप छ ?
पुरस्कार स्रष्टालाई प्रदान गरिछ न कि राजनीतिक दलका कार्यकर्तालाई । र, नेपालीय मैथिली साहित्य क्षेत्रमा विद्यापति पुरस्कार नोबेल पुरस्कारसरह मानिन्छ । कोषको विद्यानको धारा ७ मा पुरस्कार चयन समितिले पुरस्कृत स्रष्टा र संस्था चयन गर्ने व्यवस्था गरेको छ । सोही विद्यानको धारा ८ को च अनुसार चयन समितिकै निर्णयमा टेकेर सञ्चालक परिषद्ले सिफारिस गर्नुपर्ने वैधानिक एवं बाध्यकारी व्यवस्था छ । त्यसैले विद्यापति पुरस्कार घोषणामा अध्यक्षको भूमिका शून्य हुन्छ । यी व्यवस्थाले गर्दा पनि जम्मै आरोप निराधार रहेको स्वतः सिद्ध हुन्छ ।

तपाईं सम्झिन सक्नु हुन्छ, विद्यापति पुरस्कार कोमामा गइसकेको थियो । जसले गर्दा २०७२ सालको पुरस्कारसमेत घोषणा हुन सकेन । दुई वर्षसम्म अक्षयकोषको रकम नवीकरण नभएकोले सोको ब्याज शून्य प्रतिशतमा झरेको थियो । मैले कोषको कार्यलाई उचित ट्रयाकमा ल्याएँ । कोष र सम्बद्ध संस्कृति मन्त्रालयबीचको तीतो सम्बन्धमा सुधार गराएँ । अहिले संसकृति मन्त्रालयले अक्षयकोषमा एक करोड रुपैयाँ थप्न अर्थ मन्त्रालयमा फाइल पु¥याइसकेको छ । अहिलेका लागि घोषित पुरस्कारको रकम छ लाख र व्यवस्थापन खर्च पाँच लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन गराएको छु ।
विद्यापति पुरस्कार कोषको विद्यानको धारा ५ अनुसार यस पुरस्कारबाहेक प्रकाशन, अध्ययन, अनुसन्धान, सभा, सेमिनार , गोष्ठी तथा साहित्य प्रवद्र्धन तथा सम्बद्र्धनका लागि एक्लव्य दृष्टिले कार्य गर्दैछु । साहित्यिक रूपमा फसेको महाभारतमा अर्जुनदृष्टिले जित्ने प्रयास हो मेरो । साहित्य समाजको ऐना हुन्छ । ऐनामा दाग लाग्यो भने अुनहार धमिलो देखिन्छ । यस्तो अवस्थाको अन्त्य गर्न ऐनालाई पुछेर सही तस्बिर ल्याउने भगीरथ प्रयास गर्दैछु । यसमा स्रष्टा र संघसंस्थाको सहयोगको अपेक्षा गर्दै भविष्यमा यो कोषले उहाँहरूलाई पनि क्रमिक सम्मान गर्ने अटोठ गरेको छ । तर, नेपालीय मैथिली साहित्यिक आकासलाई कतिपयले बादलरूपी घेरामा राखेर ओझेल पार्ने प्रयास गरिरहेकाले सो बादललाई चिर्न सबै पक्ष जुट्नुपर्छ ।
कोषका पूर्वपदाधिकारीहरूले नै पुरस्कार वितरण न्यायोचित र सन्तुलित नभएको र असल स्रष्टाको उचित मूल्यांकन नभएको गुनासो गर्दैछन् नि ?
कोषका पूर्वअध्यक्षहरू तथा भाषासाहित्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्वलाई मैले कोषको कार्यालयमा सम्भवतः पहिलो पटक आमन्त्रण गरी सहयोगको अपेक्षा राख्दा उहाँहरूकै भनाइमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा.राजेन्द्र विमललाई पुरस्कारका लागि छनोट गरेँ । स्थापनाकालदेखि नै कोषको हितमा सक्रिय डा.विमलको चयनलाई लिएर मन्त्रालयमा दर्जनौं उजुरी परे । मिडियामा पनि धेरै समाचार आए । जसले गर्दा पुरस्कार लिन उहाँले असमर्थता प्रकट गर्नुभयो । उहाँको अस्वीकारोक्तिले म स्तब्ध भएँ र उजुरीमा लेखिएका कुराबाट निकै विचलित पनि । डा. विमल , डा.रेवतीरमण लाल, डा.रामावतार यादव, डा. योगेन्द्र यादव, डा. बासुदेव लाल दासजस्ता अतिविशिष्ट स्रष्टालाई सम्मानित र पुरस्कृत गर्दा पनि दर्जनौंको संख्यामा सरोकारवाला निकायमा उजुरी पर्नु र दुई–दुई वर्षसम्म पुरस्कार वितरण नहुनु लज्जास्पद अवस्था हो ।
पुरस्कार घोषणा त भयो तर वितरण कहिले गर्दै हुनुहुन्छ ?
२०७३ सालको घोषित पुरस्कारलाई आर्थिक मसान्तभित्र वितरण गर्नुपर्ने वैधानिक व्यवस्थाअनुसार नै वितरण हुन्छ । योभन्दा पहिले वैशाख–जेठतिर नै वितरण गराउने प्रयास गर्दैछु । तर, निर्वाचन आयोगको आचारसंहिता र परम्पराअनुसार सम्माननीय राष्ट्रप्रमुखबाटै वितरण हुने भएकाले सोका लागि मन्त्रालयको सल्लाहमा सम्मानित राष्ट्रपतिज्यूको कार्यालयमा पत्राचार गरिसकेको छु । मलाई विश्वास छ, केही दिनभित्रै सो पत्रको सकारात्मक जबाफ आउनेछ । जहाँसम्म पुरस्कार वितरण हुने स्थानसँग सम्बन्धित प्रश्न छ, मेरो विचारमा मैथिली साहित्यको पर्याय र उर्वर भूमि जनकपुरधाममा वितरण गरिनु पर्दछ । तर, सम्मानित राष्ट्रपतिज्यूको समयलाई ध्यानमा राखेर स्थान परिवर्तन पनि हुन सक्दछ ।

Share.

Leave A Reply